मेलम्चीको पानी आउने अनिश्चित
प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन । वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो ।
हक्कीलाई चलायमान बनाउन वार्षिक कार्यक्रम सार्वजनिक
मदन भण्डारी कप पहिलो पटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।
पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य पुस्तक विमोचन
इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित नेपाली अनुवाद ‘पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ।
काठमाडौं महानगरपालिका र केयूबिच नीतिगत सम्झौता
काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबिच सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न नीतिगत सम्झौता भएको छ ।
सहिद हेमन्त प्रधान स्मृति भलिबल हुने
सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने
नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।
मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ
मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
स्थानीय लोककला, संस्कृति र परम्पराको संरक्षणमा जोड
मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो ।
राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) ले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा सुरु गरेको बताउनुभएको छ ।
नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ।
सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरुद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो ।
शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ ।
नागरिक सुनुवाइमा प्रहरीकै गुनासो:‘सञ्चार सेवा भरपर्दो नहुँदा घटना न्यूनीकरणमा समस्या’
नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापना कायम गर्न सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्रदान गर्न नसकिएको प्रहरीको गुनासो छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ ।
एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।
पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन
पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिएको छ ।
राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
खोल्सी संरक्षण कार्यक्रमबाट २५ घरधुरी लाभान्वित
क्षति व्यवस्थापनका लागि सञ्चालन गरिएको मर्याङ खोला खोल्सी संरक्षण कार्यक्रमबाट नगरका २५ घरधुरी लाभान्वित भएका छन् ।
कोशीमा एमालेको यात्रा अभियान अवरोध नगर्न अपिल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मङ्गलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।
ऐनमा व्यवस्था, सभामा बेवास्ता
प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको वार्षिक प्रतिवेदन सम्बन्धमा प्रदेश सभामा कुनै पनि छलफल हुने गरेको छैन । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ ले आयोगको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तथापि, आयोग स्थापनाकालदेखि नै आयोगको वार्षिक प्रतिवेदनमाथि प्रदेश सभामा छलफल हुने गरेको छैन ।
काटिए धुर्बे हात्तीका दाह्रा
एघार वर्षको अन्तरालमा २२ जनाको ज्यान लिएको मत्ता हात्ती धुर्बेका दुवै दाह्रा काटिएका छन् । पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएको धुर्बेलाई निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने सुखीभार पोस्ट नजिकै नियन्त्रणमा लिएर दोस्रो पटक दाह्रा काटिएको हो । यसअघि दुई वर्षअघि यसको दाह्रा काटिएको थियो ।
संसद् महासचिवमा पाण्डेय सिफारिस
सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको हो । संवैधानिक व्यवस्था अनुसार महासचिवको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ ।