• २२ वैशाख २०८१, शनिबार

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै

blog

काठमाडौं, मङ्सिर २६ गते । एनसेलको शेयर बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ । उक्त रिट निवेदनमाथि मङ्गलबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा सुनुवाइका लागि पेसी ताेकिएको छ ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो  । नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिद–बिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गर्नुभएको छ ।

यसअघि आइतबार र सोमबार पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियाे ।