• २० असोज २०८१, आइतबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौं, मङ्सिर २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालत काठमाडौंबाट भएको फैसला चित्त नबुझेका कारण मेकानिकल इन्जिनियर बमले तीन हजार रुपियाँ र बिचौलिया शाहीले १० हजार ३६० रुपियाँ घुस लिएकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुमथि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।