स्रोत शिक्षक पठाउँदै महानगरपालिका
सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा गुणस्तर उकास्न काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक परिचालन गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षकलाई खुला प्रतिस्पर्धाबाट छानेर स्रोत शिक्षकका रूपमा विद्यालयमा पठाउन लागेको हो । जसका लागि महानगरले ११ जना स्रोत शिक्षक छनोट गरिसकेको छ ।
महानगरका २२ हजार सामुदायिक कुकुर ‘डिस्टेम्पर’ रोगको जोखिममा
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।
संकल्प यात्राले मनोबल बढाएको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास उच्च भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
वार्षिक १२ अर्बको हस्तकला निर्यात
नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।
राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताउनुभएको छ ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जना पक्राउ
बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अनलाइनमार्फत दश लाख बढी ठगी गर्ने दुई पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममार्फत रकम ठगी गर्ने कार्यमा सङ्लन्न दुई जनालाई पक्राउ गरेको छ ।
हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र संसदीय समितिलाई अघि बढाइने बताउनुभएको छ ।
दुबई पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने पक्राउ
दुबईमा वैदेशिक रोजगारीमा पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ पक्राउ परेका छन् ।
सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरू षडयन्त्रमा लागेका छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उहाँको भनाई थियो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते बस्ने भएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय
जनता समाजवादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
विद्युत सर्ट भई आगलागी हुँदा नेपालीको घर जलेर नस्ट
धादिङको सिद्धलेक गाउँपालिका वडा नं–२ झगरेस्थित डिलबहादुर नेपालीको घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा घरसहित सम्पूर्ण सामग्री जलेर नस्ट भएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ ।
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गर्नुभएको छ ।
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ ।
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले अभियन्ता गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने बताउनुभएको छ ।
संसद् सेवा दिवसका अवसरमा रक्तदान
सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
धमाधम बन्दै छन् आधारभूत अस्पताल
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहले १५ श-याको आधारभूत अस्पताल बनाउन थालेका छन् । नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दि
के यूका एक हजार आठ सय विद्यार्थी दीक्षित हुँदै
काभ्रेपलान्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (के यू) को २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार आठ सय विद्यार्थी दीक्षित हुने भएका छन् । बुधवार हुने २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका एक हजार ८३८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।
पशुपतिमा शतबीज छर्नेको भीड
बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शतबीज छर्न आइपुग्नुभएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो ।
परम्परागत वाद्यवादनमा आकर्षण बढ्दै
युवाको सक्रियता बढेसँगै कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रूपमा बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ। यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खीलगायतका बाजागाजामा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरूलाई भ्याइनभ्याइ हुने बताउनुभयो। कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा पछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीको जन्म भइरहेको छ।