• १२ साउन २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते

blog

काठमाडौं, मंसिर २५ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते बस्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मङ्सिर २९ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बस्ने सो बैठकमा महासमिति बैठकको तयारी सम्बन्धमा छलफल हुनेछ ।

उहाँका अनुसार बैठकमा जाजरकोट भूकम्प तथा समसामयिक राजनीतिक सम्बन्धमा मुख्य छलफल हुनेछ ।