धादिङ (सिद्धलेक) मङ्सिर २५ गते । धादिङको सिद्धलेक गाउँपालिका वडा नं–२ झगरेस्थित डिलबहादुर नेपालीको घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा घरसहित सम्पूर्ण सामग्री जलेर नस्ट भएको छ ।
शनिबार राति भएको आगलागीमा नेपालीको घर जलेर पुरै नस्ट भएको सिद्धलेक गाउँपालिकाका शिक्षक अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो । ‘‘रातको समयमा विद्युत सर्ट भई लागेको आगोले घरभित्र राखिएका अन्नपात, लत्ताकपडा लगायत सामग्रीहरू जलेर नस्ट भएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन,’’ गुरुङले भन्नुभयो ।
नेपालीको आर्थिक अवस्था कमजोर रहेकोले विपत्तिको समयमा आ–आफ्नोतर्फबाट सहयोग गर्न सिद्धलेक गाउँपालिकाअन्तर्गत नेपाल रेडक्रस सोसाइटी नलाङ उपशाखा कार्यालयमार्फत अनुरोध गरिएको छ ।