• १२ साउन २०८१, शनिबार

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

blog

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत ।

वसन्त पराजुली 

भरतपुर, मङ्सिर २५ गते । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अभियन्ता गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले देशको आर्थिक समृद्धिका लागि पनि चिकित्सा ऐन संशोधन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

अब जनताले पनि बुझ्नुप र्‍याे देशको हित केले गर्छ भनेर । के अब पनि विगतका गल्ती दोहो र्‍याएर विद्यार्थी अध्ययनका लागि बाहिर पठाइरहने हो ? उहाँले थप्नुभयो, "अब त जसले विरोध गरे पनि गलतलाई गलत हो भन्न सक्नुप र्‍याे ।"

अहिले चिकित्सा तथा नर्सिङ शिक्षा अध्ययनका लागि लाखौं विद्यार्थी देशबाहिर जानुपर्ने आवश्यकता रोक्न पनि ऐन संशोधन जरुरी रहेको बताउनुभयो । "शिक्षाकै लागि अर्बौं रुपियाँ वर्षेनी देशबाहिर गएको छ त्यो रोक्न जरुरी छ" , उहाँले भन्नुभयो । 

नेपालमा रहेका सरकारी अस्पतालहरुको स्तरवृद्धि गराउँदै नर्सिङ र चिकित्साविज्ञान पढाउने नीति सरकारले अवलम्बन गर्न लागेको पनि उहाँले जनाउनुभयो । उहाँले देशैभरका सरकारी अस्पतालमा आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था मिलाउने पनि जनाउनुभयो ।