काठमाडौं, मंसिर २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा सुनरपति कुमारी यादवविरुद्ध १२ लाख २६ हजार ४६९ रुपियाँ बिगो कायम गरिएको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
यससँगै गलत लिखत तयारी गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादीहरू रामप्रसाद न्यौपाने, रेनुका चम्लागाईँ, मोहनप्रसाद ओली, दलबहादुर खत्री, महानन्द सापकोटा, राजेन्द्र भनिने गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रमेश भन्ने रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टङ्कप्रसाद बजगाईँ र बालकृष्ण न्यौपानेविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।