नेपालको शिक्षा मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी
नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् ।
चिसिँदै काठमाडौं, आज यस वर्षकै सबैभन्दा कम तापक्रम
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । तापक्रम कम भएसँगै चिसो बढेको छ ।
जङ्गली हात्तीद्वारा घरमा क्षति
मकवानपुरको मनहरी गाउँपालिका –८ स्थित चिसापानीमा जङ्गली हात्तीले घरमा क्षति गरेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
२६४ वटा बस बिसौनी निर्माण गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ ।
सङ्घीय सरकारविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा
सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ ।
समग्रमा मुलुकको अर्थतन्त्र सही बाटोमा : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
घट्यो सुनको मूल्य
बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।
धादिङ अस्पताललाई एक सय शय्याको बनाइने: मुख्यमन्त्री जमकट्टेल
धादिङ अस्पताल एक सय शय्याको बनाइने बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलले बताउनुभएको छ ।
स्तनपान कक्षविहीन छन् पालिका
सिन्धुली जिल्लामा चार वटा पालिका अझै स्तनपान कक्षविहीन छन्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म जिल्लाका चार वटा पालिकाले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।
शेखर कोइराला समूहको बैठक बस्दै
नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने जनाएको छ । नेता शेखर कोइरालाले केन्द्रीय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।
विस्थापित हुँदै रेडियो
कुनै जमानामा विश्वकै प्रभावशाली सञ्चार यन्त्र बन्न सफल रेडियो दोलखाबाट विस्थापित हुँदै गएको छ । सञ्चारले संसारलाई नै साँघुरो बनाउँदै गएको र अत्याधुनिक सञ्चार माध्यम भित्रिएकाले पनि रेडियो विस्थापित हुँदै गएको बताइन्छ ।
सुनकोशीमा बाँध निर्माण तीव्र
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा स्थलगत निरीक्षण गर्नुभयो ।
भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली
नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
कोइराला दोषी ठहर
विशेष अदालतले नेपाल बैङ्क लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई बैङ्कको रकम हिनामिनामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालाको कसुर ठहर गरेको हो । अदालतले सजाय निर्धारणका लागि पुस ११ गतेको पेसी निर्धारण गरेको छ ।
मेलम्चीको पानी आउने अनिश्चित
प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन सकेको छैन । वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी काठमाडौँ आउन नसक्दा सर्वसाधारण ट्याङ्करको पानी किनेर पिउन बाध्य छन् । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको थियो ।
हक्कीलाई चलायमान बनाउन वार्षिक कार्यक्रम सार्वजनिक
मदन भण्डारी कप पहिलो पटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो ।
पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य पुस्तक विमोचन
इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित नेपाली अनुवाद ‘पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ।
काठमाडौं महानगरपालिका र केयूबिच नीतिगत सम्झौता
काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबिच सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न नीतिगत सम्झौता भएको छ ।
सहिद हेमन्त प्रधान स्मृति भलिबल हुने
सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।