सार्कलाई बलियो बनाउन प्रतिबद्धता
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई थप प्रभावकारी बनाएर क्षेत्रीय विकासका लागि अगाडि बढाउनुपर्नेमा यस क्षेत्रका उच्च नेतृत्वले जोड दिनुभएको छ । ३९ औँ बडापत्र दिवसको अवसरमा सार्कका सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले शुभकामना वक्तव्यमार्फत सार्कको औचित्य यस क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको औँल्याउनुभएको हो ।
उडानमा लापरबाहीले नियमनमै प्रश्न
पछिल्लो समय आन्तरिक उडानका वायु सेवा कम्पनीमा लापरबाही बढ्न थालेको छ । उडानका क्रममा कहिले जहाजको इन्डिकेटरमा समस्या, कहिले आकाशमै जहाजको ढोका खुल्ने, कहिले ढोकै नखुल्ने समस्या, कहिले जहाजको ब्याट्री डाउन भएर जहाज स्टार्ट नै नहुने त कहिले जहाजको ल्यान्डिङ गेयरमा आउने समस्यालगायतका लापरबाहीबिच आइतबार पुनः यस्तै घटना दोहोरिएको छ ।
कीर्तिपुरलाई सांस्कृति नगर लागू गर्न ज्ञापनपत्र
गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २४ गते। सांस्कृतिक गुरु योजना, बजेट, कार्यक्रमलगायतका २८ बुँदे माग राख्दै कीर्तिपुर सांस्कृतिक नगर व्यवहारिक रुपमा लागू गर्न ज्ञापनपत्र बुझाइएको छ। आइतबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)को कीर्तिपुर अभियानले मौलिकता झल्किने गरी आगामी नीति तथा कार्यक्रममा प्रस्ताव वडा कार्यालयबाट सार्वजनिक गर्न माग राखेको हो। माग सुनवाइ गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिवाकर अधिकारीले सांस्कृतिक, सामाजिक र विकास निर्माणका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो। उहाँले यसलाई कार्यान्वयन गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष रामचन्द्र डंगोल र सचिव पुष्प महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सङ्घीयता पुष्टि हुने कार्यक्रमहरु, सांस्कृतिक पहिचानलाई स्थापित गर्न, वैष्णवी माध्यामिक विद्यालयको स्तरोन्नती गर्ने, व्यवस्थित रुपमा विकास निर्माणका काम गर्न, वडा नम्बर ७ का सिमानामा बाटो खोल्न र सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा ‘लक्की वडा नम्बर ७’ स्थापित गर्न पहल होस् भनेर उल्लेख गरिएको छ।
मौलिक सम्पदा र संस्कृति संरक्षणमा सक्रिय बन्दै युवा पुस्ता
सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित प्रादेशिक संरचनामा नेपाल गइसकेपछि मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवा पुस्ता खुलेर आएका छन्।
‘काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउन ढिलो गर्नुहुँदैन’
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ । प्रमुख शर्मालाई शनिबार बिहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो ।
दुई केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्ट रसुवाबाट काठमाडौं तर्फ आउँदै बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि फेला परेको दुई किलोग्राम सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सिन्धुलीका स्थानीय तहमा आधारभूत अस्पताल बन्दै
सिन्धुलीमा नौ वटै स्थानीय तहले १५ शय्याको आधारभूत अस्पताल बनाउन सुरु गरेका छन् । नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको स्थानीय तहले जनाएको छ ।
बैङ्कहरू मिटरब्याजीजस्तो हुनुहुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैँकहरू मिटरब्याजीजस्तो हुन नहुने बताउनुभएको छ । आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ
मकवानपुरमा रु. एक करोड फिरौती मागेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताउनुभयो ।
‘आएन मानवअधिकारको अवस्थामा सुधार’
मानवअधिकारकर्मी चरण प्रसाईँलाई मानव भएर जन्मिएपछि मानव अधिकारको उपयोग गर्न पाउनुपर्छ भन्ने लाग्छ । सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन ढिलाइ भएकाप्रति उहाँ त्यतिकै चिन्तित हुनुहुन्छ ।
नेपाल वार एसोसिएसनको राष्ट्रिय गोष्ठी सौराहामा सुरु
नेपाल वार एसोसिएसनको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी आजबाट सौराहामा सुरु भएको छ । देशै भरवाट एक हजार भन्दा बढी कानुन ब्यवसायीहरुको सहभागिता रहेको सो गोष्ठीले देश भरीकै मानव अधिकारको अवस्थाका बारेमा समीक्षा गर्ने आयोजकले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो ।
विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ ।
कुकुरमा डिस्टेम्पर रोग देखा पर्यो
काठमाडौँ महानगरपालिकाका केही स्थानका छाडा कुकुरमा डिस्टेम्पर रोग देखा परेको छ । काठमाडौँ महानगरपालिका पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा डिस्टेम्पर रोग थाहा भएको जानकारी दिनुभयो । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्ने भन्दै उहाँले यो रोग कुकुरबाट मान्छेमा नसर्ने बताउनुभयो ।
प्रधानमन्त्री र मधेस सरकारका प्रतिनिधिहरूबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस सरकारका प्रतिनिधिहरूबिच छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका सङ्घीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो।
राप्रपा नेपालको बैठक बस्दै
राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
बहुवर्षीय आयोजनाको आधार तयार
बहुवर्षीय आयोजनाको नाममा मन्त्री र सरकारपिच्छे मनलाग्दी आयोजना बनाउने र बजेट विनियोजन गर्ने प्रवृत्ति बढ्दै गएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय आयोजनाको आधार र मापदण्ड बनाएको छ ।
दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ ।
बस दुर्घटनामा एकको मृत्यु
मकवानपुर थाहा नगरपालिका ९ स्थित चित्लाङमा शनिवार साँझ बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पशुपतिमा आज महादीपदान
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज (आइतबार) बेलुकीदेखि हुँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज (आइतबार) राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्न चलन रहिआएको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ ।
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।