• १२ साउन २०८१, शनिबार

त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुनसहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको  विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो । 

ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बना ल्याइएको अवस्थामा सुनसहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

डिआइजी चन्दका अनुसार उनीहरु शनिवार राति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाईजहाजबाट उनीहरू काठमाडौँ आएका थिए । बिहीबार राती १४ किलो सुनसहित एक जनालाई पक्राउ गरिएको थियो ।