• १२ साउन २०८१, शनिबार

कीर्तिपुरलाई सांस्कृति नगर लागू गर्न ज्ञापनपत्र

blog

कीर्तिपुर नगरपालिका ७ का वडाध्यक्ष दिवाकर अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै नेकपा (माओवादी) केन्द्रका वडा अध्यक्ष रामचन्द्र डंगोल र सचिव पुष्प महर्जनलगायत ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २४ गते।  सांस्कृतिक गुरु योजना, बजेट, कार्यक्रमलगायतका २८ बुँदे माग राख्दै कीर्तिपुर सांस्कृतिक नगर  व्यवहारिक रुपमा लागू गर्न ज्ञापनपत्र बुझाइएको छ।

आइतबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)को कीर्तिपुर अभियानले मौलिकता झल्किने गरी आगामी नीति तथा कार्यक्रममा प्रस्ताव वडा कार्यालयबाट सार्वजनिक गर्न माग राखेको हो।  

माग सुनवाइ गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिवाकर अधिकारीले सांस्कृतिक, सामाजिक र विकास निर्माणका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो।  उहाँले यसलाई कार्यान्वयन गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष रामचन्द्र डंगोल र सचिव पुष्प महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सङ्घीयता पुष्टि हुने कार्यक्रमहरु, सांस्कृतिक पहिचानलाई स्थापित गर्न, वैष्णवी माध्यामिक विद्यालयको स्तरोन्नती गर्ने, व्यवस्थित रुपमा विकास निर्माणका काम गर्न, वडा नम्बर ७ का सिमानामा बाटो खोल्न र सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा ‘लक्की वडा नम्बर ७’ स्थापित गर्न पहल होस् भनेर उल्लेख गरिएको छ।