• १२ साउन २०८१, शनिबार

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

blog

फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

मकवानपुर, मंसिर २४ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ । प्रमुख शर्मालाई शनिबार बिहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो । 

प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल चाबहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा उहाँमा निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिनुभयो ।

उपचाररत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।