• १२ साउन २०८१, शनिबार

नेपाल वार एसोसिएसनको राष्ट्रिय गोष्ठी सौराहामा सुरु

blog

वसन्त पराजुली

नारायणगढ, मङ्सिर २४ गते । नेपाल वार एसोसिएसनको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी आजबाट सौराहामा सुरु भएको छ । देशै भरवाट एक हजार भन्दा बढी कानुन व्यवसायीहरुको सहभागिता रहेको सो गोष्ठीले देशभरिकै मानव अधिकारको अवस्थाका बारेमा समीक्षा गर्ने आयोजकले जनाएको छ । 

कार्यक्रमको प्रमुख अतिथिमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई हुनुहुन्छ । कार्यक्रममा वरिष्ठ अधिवक्ताहरूले सम्बोधन गर्नुहुने कार्यक्रम छ  । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले मानव अधिकारको अवस्थाका बारेमा समीक्षा हुने बताउनुभयो । उहाँले इजरायलमा हमासका तर्फबाट बन्धक बनाइएका विपिन जोशीको विना सर्त रिहाइको माग बारले गरेको जानकारी दिनुभयो । 

बारले चितवन घोषणापत्र जारी गर्दै गाेष्ठी भोलि सकिनेछ । भोलि समापन कार्यक्रममा कानुन तथा संसदीय मन्त्री धनराज गुरुङ प्रमुख अतिथि हुनुहुने कार्यक्रम छ ।