• १२ साउन २०८१, शनिबार

दुई केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

blog

काठमाडौँ, मङ्सिर २४ गते । प्रहरीले दुई किलोग्राम सुन प्रकरणमा थप एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि बिरु तामाङसहित तीन जनालाई पक्राउ गरिएकोमा तत्काल फरार रहेका चिनियाँ नागरिक २७ वर्षीय चेन जीवेईलाई पक्राउ गरिएको छ । 

निजमाथि थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।