• १२ साउन २०८१, शनिबार

कुकुरमा डिस्टेम्पर रोग देखा पर्‍यो

blog

काठमाडौँ, मङ्सिर २४ गते । काठमाडौँ महानगरपालिकाका केही स्थानका छाडा कुकुरमा डिस्टेम्पर रोग देखा परेको छ ।

काठमाडौँ महानगरपालिका पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा डिस्टेम्पर रोग थाहा भएको जानकारी दिनुभयो । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्ने भन्दै उहाँले यो रोग कुकुरबाट मान्छेमा नसर्ने बताउनुभयो ।

उहाँका अनुसार रोग लागेका कुकुरलाई ज्वरो आउने, खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै उनीहरूमा खोक्ने, बान्ता गर्ने, दिशा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडबडाएर हिँड्ने, दाँत बजाउने पनि लक्षण देखिएका छन् ।