काठमाडौं, मंसिर २५ गते । बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उच्च अदालत पाटन ललितपुरले २०७७ साल चैत ३१ गतेको फैसलाले नौ लाख रुपियाँ जरिवाना र ३६ हजार रुपियाँ क्षतिपूर्ति शुल्क भराउने फैसला भएका ललितपुरका ५१ वर्षीय दीपेन्द्र कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ललितपुरको थसिकेलबाट पक्राउ परेका यसैगरी, बैङ्किङ कसुरमा सात करोड ९७ लाख ५० हजार रुपियाँ बिगो कायम भएका फरार प्रतिवादी ओखलढुङ्गा घर भई हाल काठमाडौँ बस्ने शेरबहादुर मगरलाई प्रहरीले ललितपुरको हात्तिवनबाट पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।