काठमाडौं, मंसिर २५ गते । दुबईमा वैदेशिक रोजगारीमा पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर धनकुटा चौबिसे गाउँपालिका १ भई हाल काठमाडौँ बाफल बस्ने श्रेष्ठले विवेक पाटकलाई दुबई जान प्रतिव्यक्ति दुई लाख ४० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ५० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।
पीडितबाट पटक–पटक गरी सो रकम लिई सम्पर्कविहीन बनेका उनलाई काठमाडौँ नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।