• १२ साउन २०८१, शनिबार

रोकियो डिडिसीको भत्ता सुविधा

blog

काठमाडौँ, मङ्सिर २३ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले दुध किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसासले डिडिसीका कर्मचारी तथा सञ्चालक समितिले पाउने अतिरिक्त भत्ता र सुविधा रोक्नु भएको छ । 

डिडिसीले किसानलाई चार महिनादेखि भुक्तानी दिएको छैन । करिब तीन अर्ब रुपियाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ । किसानले बक्यौताका सम्पूर्ण रकम नपाएसम्म यी सुविधा रोक्का रहने बोर्डबाट निर्णय गराउनु भएको छ ।