• २२ वैशाख २०८१, शनिबार

महिला विरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक (फोटो फिचर)

blog

महिला विरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक प्रस्तुत गर्दै कलाकार । तस्बिरः केशब गुरुङ

काठमाडौं, मङ्सिर २२ गते। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिलाविरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।  लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको सन्दर्भमा सञ्चारिका समूह र कोसिस नेपालले संयुक्त आयोजना गरेको ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलका क्रममा सचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो। 

ललितपुरको पुलचोकमा आयोजना गरिएको कार्यक्रममा कोसिस नेपालले तयार  पारेकोे नाटक प्रस्तुत गरिएको थियो।  नाटकमा घरेलु हिंसाले महिलाको मनोविज्ञान तथा दैनिक कार्यमा परेको असर र त्यसको न्यूनीकरण कसरी हुन्छ भन्ने बारेमा प्रस्तुत गरिएको थियो।  

कार्यक्रममा बोल्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको थियो।  मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।  सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ उहाँले बताउनुभयो। 

उक्त अवसरमा बोल्दै सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले सधैँभरि गरिरहने विषय भन्दा अलिकति फरक विषयमा छलफलको आयोजना गरिएको बताउँदै मानसिक स्वास्थ्य र लैङ्गिक हिंसा जोडिएका विषय भएको बताउनुभयो।   


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।