• १२ साउन २०८१, शनिबार

कीर्तिपुरमा केबुलकार निर्माणको माग

blog

माग पत्र बुझाउन पुगेका स्थानीयहरु । तस्बिरः गोरखापत्र

काठमाडौँ, मङ्सिर २३ गते । कीर्तिपुर स्थिति पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माण तथा पुष्पलालदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणको माग राखिएको छ ।

शुक्रबार एक कार्यक्रमबिच नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य सूर्य सुवेदीको नेतृत्वमा गएको एक समूहले ती मागसहित विभिन्न २४ बुँदे माग राखेको हो । 

माग सुनवाइ गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेश चन्द दाहालले ती मागहरूप्रति सकारात्मक रहेको बताउनुहुँदै कार्यान्वयन गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का वडा कमिटीका अध्यक्ष राकेश बुढाथोकी र सचिव राकेश विष्टको हस्ताक्षर रहेको सो ज्ञापन पत्रमा वडामा रहेका स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न, विद्यालयको शैक्षिक गुणस्तर बढाउन, सडक सञ्जाललाई कालोपत्रे गर्न, कृषि पेसाको व्यवसाय किरणमा टेवा पुर्‍याउन माग गरिएका छन् ।