वसन्त पराजुली
भरतपुर, असोज १ गते । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषतसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जिप्रकाबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी सूर्यबहादुर कार्कीले सञ्चालन गरेको खाजा पसलमा चेकजाँच गर्दा उक्त पसलमा लुकाई छिपाई राखेको लागूऔषध बरामत गरेको हो ।
बरामद गरिएका लागूऔषध गाँजा ९४० ग्राम, प्रतिबन्धित औषधि ट्रामाडोल ५७६६ ट्याब्लेट, प्रोमेथ २९३८ ट्याब्लेट, एनार्गन २७३५ ट्याब्लेट र नगद एक लाख ६०० रुपियाँ फेला परेको हो ।
प्रहरीले पसल सञ्चालक सूर्य बहादुर कार्कीलाई, प्रतिबन्धित औषधि र नगदसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।