काठमाडौं, असोज २ गते । प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. गणेशमान सिंहको शालिकमा नेता सिंहले माल्यार्पण गरिएको हो ।
स्व. सिंहको २६औँ स्मृति दिवसको अवसरमा आज (मङ्गलबार) गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको हो । नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो ।