अलपत्र छ वज्रगुरु स्तूपा
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित स्तूपाडाँडामा निमार्णाधीन वज्रगुरु स्तूप १८ वर्षदेखि अलपत्र अवस्थामा छ । बजेट अभाव र स्थानीयबिचको विवादका कारण बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर वज्रगुरु स्तूप अलपत्र अवस्थामा रहेको हो ।
स्रोत नखुलेको रकमसहित पक्राउ
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
बूढानीलकण्ठ क्षेत्रमा लागु औषध विक्री गर्ने फार्मेसीमा सिलबन्दी
औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ ।
परराष्ट्र सचिवको पौडयालको अवकाश
परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।
हङकङमा बौद्ध शिक्षा अध्यापन गराउँदै केयु
धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्ना शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । सोही क्रममा केयुले हङकङमा चारवर्षे ‘ब्याचलर अफ बुद्धिस्ट स्टडिज’ (स्नातक तहमा चारवर्षे बौद्ध शिक्षा) कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।
ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।
बाल क्लबको सफल नेतृत्व देश विकासको मूलधारमा आउन सक्छ : अध्यक्ष तिमिल्सिना
बाल क्लबमा आबद्ध नेतृत्व देश विकासको मूलधारमा आउन सक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । आजबाट काठमाडौँमा सुरुभएको बाल क्लबका पूर्व सदस्यको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक
नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् ।
दोलखामा महिला स्वास्थ्य स्वयंसेविका दिवास
दोलखाको सदरमुकाम चरिकोट भीमेश्वर नगरपालिकाको आयोजनामा २० औँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाइएको छ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका-४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ ।
बिदेसिएका युवा अब स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदेसिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो
पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
१२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन
१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ ।
स्थानीय तहसँग सहकार्य गर्दै महिला समूह
शहीद लखन गाउँपालिका-७ मास्कीछाँपस्थित ‘बौद्धनाथ कोसिस महिला कृषक समूह’ की सदस्य रीता थापामगरले अहिले ११ वटा बङ्गुुर पाल्नुभएको छ । उहाँले सुरुमा नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले आयोजना गरेको १५ दिने बङ्गुर पालनसम्बन्धी तालिम लिएपछि बङ्गुर पालन सुरु गर्नभएको हो ।
बर्दिया पठाइयो चितवनको बाघ
चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
सुनको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
जलवायु परिवर्तन प्रभावको मारमा परेका मुलुकलाई बिर्सन भएन: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताउनु भएको छ ।
जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी
नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल्याइनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ राज्यले अहिले अवलम्बन गरेको मिश्रित निर्वाचन प्रणालीले सरकारको स्थिरता र सदन सञ्चालनमा सहजता प्रदान गर्न नसकेको जनाउँदै त्यसमा सुधारको खाँचो औँल्याउनुहुन्छ ।
मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ: मन्त्री डा. महत
अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो ।
टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ
टिकटक बन्दबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुँदै छ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाइ हुन लागेको हो ।
पन्ध्र सयभन्दा बढी कर्मचारी नियुक्ति सिफारिस
सङ्घीयता कार्यान्वयनको महìवपूर्ण पक्ष मानिएको प्रदेश लोक सेवा आयोग गठन गरी बागमतीमा काम गर्दै आए पनि आयोगको काम अपेक्षाकृत सन्तोषजनक देखिँदैन ।