• १२ साउन २०८१, शनिबार

पन्ध्र सयभन्दा बढी कर्मचारी नियुक्ति सिफारिस

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर १९ गते । सङ्घीयता कार्यान्वयनको महìवपूर्ण पक्ष मानिएको प्रदेश लोक सेवा आयोग गठन गरी बागमतीमा काम गर्दै आए पनि आयोगको काम अपेक्षाकृत सन्तोषजनक देखिँदैन ।

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले बागमती प्रदेश सरकार, निकाय र प्रदेशभित्रका स्थानीय तहका विभिन्न निकायमा विभिन्न सेवा समूह र तहका रिक्त पदमा पदपूर्तिका लागि उपयुक्त उम्मेदवार छनोट गरी नियुक्त गर्दै आएको छ तर प्रदेश सरकार र स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी अभाव रहेको छ । प्रदेश सरकार र स्थानीय तह सहयोगी नबन्दा रिक्त पद लुकाउने र करारमा आफूखुसी पदपूर्ति गर्दै जाने प्रवृत्ति विद्यमान रहेको छ ।

प्रदेश सरकारले आफैँले कानुन बनाएर गठन गरको प्रदेश लोक सेवा आयोगप्रति आफँै अनुदार बन्दा एकातर्फ प्रदेशका मन्त्रालय, निकाय र कार्यालयमा कर्मचारीको समस्या रहेको छ । अर्कोतर्फ आयोगको कामको प्रगति सन्तोषजनक हुन सकेको छैन ।

आयोग स्थापनाको चार वर्षमा गत चार वर्षमा प्रदेशका मन्त्रालय, निकाय, प्रतिष्ठान र स्थानीय तहमा गरी एक हजार ५७७ जना स्थायी नियुक्तिका लागि सिफारिस भएको प्रदेश लोक सेवा आयोगले जनाएको छ । आर्थिक वर्षसम्ममा एक हजार ५२२ जना स्थायी नियुक्तिका लागि आयोगले सिफारिस गरेको थियो । 

आयोगका सूचना अधिकारी राजुराज अर्यालका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा प्रदेशका मन्त्रालय, निकाय र स्थानीय तहमा गरी ५५ जना स्थायी नियुक्तिका लागि आयोगले सिफारिस गरेको छ । लिखित परीक्षालगायतका प्रव्रिmया पूरा गरी केही कर्मचारी सिफारिस गर्न बाँकी रहेका छन् । 

आयोगले आव २०७९/८० मा बढुवातर्फ, आन्तरिक अन्तरसेवातर्फ, अन्तरतहतर्फ, खुला प्रतियोगितातर्फ तथा महिला, आदिवासी÷जनजाति, मधेशी, दलित, अपाङ्गता भएका र पिछडिएका क्षेत्रमा समावेशी प्रतियोगितातर्फ गरी जम्मा ९५० पदका लागि दरखास्त माग गरेको थियो । आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि दरखास्त दिएकामध्येमा ४२ हजार १५९ जनाको दरखास्त स्वीकृत भएको थियो । विभिन्न सेवा, समूह, उपसमूह र तहको लिखित परीक्षामा नौ हजार ५५९ जना महिलासहित २५ हजार २०८ जना उम्मेदवारले परीक्षा दिएका थिए । 

आर्थिक वर्षमा एक हजार ४९० जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएकामध्ये ७१३ जना स्थायी नियुक्तिका लागि सिफारिस भएको प्रदेश लोक सेवा आयोगले जनाएको छ । तीमध्ये १७ जना आन्तरिक प्रतियोगिता, ४४७ जना खुला र विभिन्न समावेशी समूहमा २४९ जना स्थायी नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

आव २०७८÷७९ मा ८२५ पदमा पदपूर्तिका लागि विज्ञापन गरी परीक्षा सञ्चालन गरिएको थियो । ती पदका लागि अधिकृतस्तरका र सहायकस्तरका लागि गरी ८४ हजार ८४ जनाले दरखास्त दिएका थिए । ५४० महिलासहित एक हजार १७४ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएकोमा २९३ महिलासहित ८०९ जना नियुक्तिका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७६  पारित गरी २०७६ साल मङ्सिर २ गतेबाट प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश गठन भएको थियो । गत आवमा ११९ स्थानीय तहमध्ये ६९ वटा स्थानीय तहले मात्र रिक्त पदमा पदपूर्तिका लागि माग गरी पठाएका थिए ।