• १५ असोज २०८०, सोमबार

नयाँ बस पार्कमा मनाइयो विश्वकर्मा पूजा

blog

काठमाडौं, असोज १ गते ।

काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ । 

सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । 

हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ । 

विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ ।


विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने प्रचलन छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई सवारी साधन पूजा गर्ने गर्दछन् । 

विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको यातायात क्षेत्रलाई सुधार गर्नका लागि आफू अनवरत रुपमा खट्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले व्यवसायीको लगानी, मजदुर कर्मचारीको पेशा, व्यवसायप्रति तत्पर भएर खट्ने बताउनुभयो । उहाँले आउँदै गरेका चाडपर्वलाई लक्षित गरी यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।