२० मङ्सिर २०८०, बुधबार
२ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
२० मङ्सिर २०८०, बुधबार
२ वर्ष पहिले
काभ्रेपलान्चोक, मङ्सिर २० गते । इलाका प्रहरी कार्यालय मङ्गलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३.००१ ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।
बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको छत र डिकीमा लुकाई छिपाई ल्याएको ३३ बोरा करिब एक हजार ६५० किलोग्राम चिनी बरामद गरिएको हो । चिनी ल्याउने बस र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय बजारमा चिनीको अभाव भएसँगै बिपी राजमार्ग हुँदै तराईका जिल्लाबाट साना तथा ठुला गाडीहरूले अवैध रूपमा चिनी राजधानी भित्र्याउने गरेका छन् ।
केदार तिमल्सिना