• ५ जेठ २०८१, शनिबार

न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ

blog

काठमाडौं, मङ्सिर २० गते । नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई सात केजी सुनसहित पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने छ ।