• ३१ वैशाख २०८२, बुधबार

रास्वपाको सचिवालय बैठक बस्दै

blog

काठमाडौँ,  मङ्सिर २०  गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताउनुभयो ।

उहाँका अनुसार  थपिएका केन्द्रीय सदस्यहरुले आज  शपथ लिने कार्यक्रम  छ । “साझ ५ बजे सचिवालयको बैठक र त्योभन्दा अघि नवमनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ”, सहप्रवक्ता रावलले भन्नुभयो । महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीको केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा  पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस