• ११ मंसिर २०८१, मङ्गलबार

डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ

blog

काठमाडौं, मंसिर १८ गते । अमेरिकी डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर रोशी गाउँपालिका – ११ भई हाल काठमाडौँ विजेश्वरीमा वर्कसप सञ्चालन गर्दै आएका ३८ वर्षी प्रेम कुमार लामालाई अमेरिकी डलर १२ लाख रुपियाँ साटिदिने भनी, टोखाका लक्ष्मण रावलको १० लाख रुपियाँ, गोकर्णेश्वर नगरपालिका–६ का सुजन बराइलीलाई नक्कली सुन देखाइ २० लाख रुपियाँ ठगी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ । 

सोलुखुम्बु घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ४२ वर्षीय टाँसी लाक्पा शेर्पा, सिन्धुपाल्चोकका ४४ वर्षीय राजेन्द्र भण्डारी, ३४ वर्षीय विष्णु भण्डारी, २४ वर्षीय निर्मल भण्डारी, २५ वर्षीय सुजन तामाङ र ३२ वर्षीय कमल खड्कासहित ६ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध र प्रहरी वृत्त स्वयम्भू पठाइएको प्रहरीले जनाएको छ ।