• ११ असोज २०८१, शुक्रबार

काठमाडौंमा चिसो बढ्यो

blog

काठमाडौं, मङ्सिर १८ गते । काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । आज (सोमबार)बाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

आज बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेका कारण चिसो बढिरहेको छ । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।

काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । हिमाली जिल्लामा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर भएको छ ।