टिकट चोरीको घटनामा थप एक जना पक्राउ
जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।
नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।
हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर पार्दैन : गृहमन्त्री श्रेष्ठ
नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताउनुभएको छ ।
समृद्ध मुलुकको लागि सूचना प्रविधिमा लगानी अपरिहार्य
विश्व बजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धी व्यवसायलाई उच्चतम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिन सक्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ ।
पर्यटकीय पोखरी दुई वर्षदेखि सुक्खा
भीमेश्वर नगरपालिका–६ को पर्यटकीय क्षेत्र सिमपानीमा निर्माण गरिएको पोखरीलगायतका पर्यटकीय संरचना साढे दुई वर्षदेखि बेवारिसे बनेको छ । दोलखाको सदरमुकाम चरीकोटस्थित
डिआईको ठक्करबाट एकको मृत्यु
जिल्लाको धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।
थाहाले बनायो एक दर्जन ऐन
मकवानपुरको थाहा नगरपालिकाले कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएको छ । संविधानको अनुसूचीमा रहेका एकल अधिकार र साझा अधिकारको सूचीमा रहेको ऐन कानुन नगरपालिकाले निर्माण सेवा प्रवाहलगायत कार्यसम्पादन गर्दै आएको हो । नगरपालिकाले स्थानीय तहको पहिलो निर्वाचित कार्यकाल पूरा भएर दोस्रो कार्यकालको डेढ वर्षको अवधिमा पालिकाको कार्यसम्पादनका लागि आवश्यक एक दर्जन ऐन निर्माण गरेको छ ।
अलैँची बिक्रीबाट करिब तीन करोड आम्दानी
लामो समय अलैँचीको मूल्य नपाएका दोलखाका किसानले यो पटक प्रतिकिलो नौ सयदेखि १३ सय रुपियाँसम्म मूल्य पाएका छन् ।
मुक्त कमलहरीको एक दशक : अझै भएन दिगो व्यवस्थापन
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा “मुक्त कमलहरीको एक दशक -स्वतन्त्र बन्धक मजदुरका अनुभव र कथा_ को विषयमा छलफल भएको छ।
एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घट्यो
नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घटेको छ । ३६ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गर्नुभएको तथ्याङ्कले यस्तो देखिएको हो ।
अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत
मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबिच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।
लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित
जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाका घटनामा सबैभन्दा बढी दलित महिला परेको एक अध्ययनले देखाएको छ । दलित महिला सङ्घले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो ।
हिमालय खबरको एक लाख ३४ हजार सहयोग
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमाल खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बिया जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारी बारा जितपुरसिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय दिपेश बास्कोटाले बल बहादुर थापासँग पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन रहेका थिए ।
बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व
हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० मा हालसम्म विदेशी खेलाडीले वर्चस्व बनाउन सफल भएको छ । प्रतियोगिताको पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका भारतीय खेलाडी सुभयान कुण्डुले बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाण थुनामै (आदेशसहित)
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।
जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु
जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आज (शुक्रबार) देखि सुरु गरेको छ ।
आजियाटा ग्रुपविरुद्धको रिट : अदालतले दुवै पक्षलाई छलफलमा बोलायो
उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह
औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
एचआइभी नियन्त्रणमा नेपाललाई उल्लेखनीय उपलब्धि हासिल : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
बैंकले नियमविपरीत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ
बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियाेगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।