गोरखापत्र अनलाइन
काठमाडौँ, मंसिर १५ गते । जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमालय खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।
हिमालयखबरका तर्फबाट विजय घिमिरे, रामचन्द्र भट्ट, विकाशराज न्यौपाने, सुजन पण्डित, सुपेन्द्र बस्नेत, सरोज काफ्ले, विनय देवकोटा, दिनेश कार्की, ओजेश उप्रेती, गोकुल श्रेष्ठ, विशाल शर्मा, भीषण न्यौपाने, टङ्क काफ्ले, सोफिंन थापा, प्रकाश श्रेष्ठ (मालिका केशरी), सूर्य थापा, भोजबहादुर बलायर, श्रीकृष्ण गौतम, विमल बराल, शैलेश आचार्य, तारा बराल, बिटु बराल, बद्री गौतम र केशव भट्टराईले सो रकम सङ्कलन गर्नुभएको हो ।
नेपाल पत्रकार महासङ्घको पत्रअनुसार अमेरिकामा बस्ने पत्रकारको तर्फबाट जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर तथा १० वटा सञ्चारमाध्यमको कार्यालयलाई सहयोगार्थ हिमालयखबर मिडिया इन्कले सहयोगको आह्वान गरेको थियो । सो अवसरमा महासङ्घका महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल र केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको पनि उपस्थिति थियो ।