चार जिल्लाका उच्च अदालतबाट श्रव्यदृश्य संवादमार्फत सुनुवाइ सुरु
उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरु भएको छ ।
दूध बिक्री नभएपछि किसान चिन्तित
गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काभ्रेपलान्चोकको रोशी गाउँपालिका –११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गैँडाको खागसहित आठ जना पक्राउ
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
मेलम्चीमा चलखेल : उपत्यकामा खानेपानीकाे अभाव
मेलम्चीको पानी अब निरन्तर उपभोग गर्न पाउने उनीहरुको विश्वास थियो । तर बाढीको जोखिम देखाएर मेलम्ची खानेपानी विकास समितिले सात महिनामै (जेठ २७ गते) पानी वितरण बन्द गरिदियो ।
वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
चालु आवका योजनाको काम सुरु
चालु आर्थिक वर्षका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारका विभिन्न मन्त्रालयबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने विभिन्न योजनाको काम सुरु भएको छ । वर्षायाम तथा दसैँ, तिहारलगायतका महत्त्वपूर्ण चाडपर्व सकिएसँगै विकास योजनाका काम अगाडि बढेका हुन् ।
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला
सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउनुहुन्छ ।
लैङ्गिक समानता तथा सुरक्षा प्रवर्धनका लागि तालिम
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका शिक्षक, जनप्रतिनिधि र अभिभावकलाई लक्षित गर्दै लैङ्गिक समानता र सुरक्षा प्रवर्धनका लागि तालिम दिइएको छ ।
नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् ।
उत्पादनको बजारीकरण प्रदेश सरकारले गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादन मोडेल अपनाउने बताउनुभएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सरकारी
झोलुङ्गेपुल निर्माणले स्थानीयबासीमा खुसी
गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् ।
सय दिनमा कानुनी र व्यवहारिक समस्या भोग्यौं : मन्त्री चित्रकार
बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन भइ कार्य सम्पादन सुरु गरेको सय दिन पुगेको छ । यस अवधिमा कानुनी र व्यवहारिक समस्या भोग्नुपरेको मन्त्री चित्रकारले बताउनुभयो ।
निर्वाचन व्यवस्थापन विधेयक छिटो पारित गर्न माग
निर्वाचन व्यवस्थापन विधेयक २०८० छिटो पारित गर्न सरोकारवाला पक्षले माग गर्नुभएको छ । अवको एक वर्षमा सो विधेयक संसदबाट पारित भइ कानुन नबनेमा आगामी निर्वाचन नयाँ व्यवस्थाअनुसार गर्न सम्भव नहुने उहाँहरुको बुझाइ छ ।
हेटौँडामा एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कांग्रेस पदाधिकारीबिच महासमिति बैठकबारे छलफल
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धमा छलफल भएको छ ।
बाँसुरी वादन प्रतियोगिताका लागि काठमाडौँ महानगरको आह्वान
मङ्सिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
समुदायमा आधारित उत्पादनको मोडेल अपनाइन्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादनको मोडेल अपनाउने बताउनुभएको छ ।
लैङ्गिक समानता अन्तरक्रिया : तीनै तहमा ‘लैङ्गिक उत्तरदायी बजेट’ को माग
लैङ्गिक समानता तथा सामाजिक न्यायका सवालमा सांसद, अधिकारकर्मी एवम् सरोकारवालाले राज्यको तीनै तहमा लैङ्गिक उत्तरदायी बजेट विनियोजन गर्नुपर्ने माग राखेका छन् ।
मल्लकालीन दरबारको पुनः निर्माण सुरु
भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालीन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनः निर्माण सुरु गरेको हो ।
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो ।
लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ ।
भूकम्पपीडितका लागि प्रमुख निर्वाचन आयुक्त र आयुक्तले सात दिनको पारिश्रमिक दिने
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्धारका लागि दिने निर्णय गरेको छ ।