• ११ असोज २०८१, शुक्रबार

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

blog

काठमाडौं, मङ्सिर १५ गते । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आज (शुक्रबार) देखि सुरु गरेको छ ।

पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि (मङ्सिर १५) आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्नेछ ।

फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पुर्‍याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको उहाँले जानकारी दिनुभयो । रासस