• २६ वैशाख २०८२, शुक्रबार

अस्पतालले औषधी व्यवस्था गर्दै

blog

दोलखा समाचारदाता

दोलखा, मङ्सिर १९ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागार्ईं स्मृति अस्पतालले थप ४० लाख रुपियाँ बराबरको आवश्यक औषधी व्यवस्था गर्ने भएको छ । अस्पताल प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठका अनुसार बिरामीको सहजका लागि अस्पताल क्षेत्रमा सञ्चालित औषधी पसलमा सशुल्कका तीन सय थरी औषधी व्यवस्था गर्न लागिएको छ । 

बागमती प्रदेशको २० लाख र समितिबाट सापटी २० लाख गरी ४० लाख बराबरको सशुल्कको तीन सय प्रकारका औषधी एक साताभित्र आइपुग्ने गरी व्यवस्था गर्न लागिएको हो । उहाँले भन्नुभयो, “दुई वर्षदेखि सञ्चालित औषधी पसलमा साढे सात लाख रुपियाँ बराबरको औषधी प्रदान गरिरहेका थियौँ । अब बिरामीले सहज रूपमा अस्पताल क्षेत्रबाटै आवश्यक आौषधी पाउने छन् ।” 

दुई वर्षअघि सङ्घको अस्पताल सञ्चालन ऐनले निजीले अस्पताल क्षेत्रमा औषधी पसल राख्न नपाउने भएपछि अस्पतालले आफैँले राख्नुपर्ने हुँदा आर्थिक अभावले आवश्यक औषधी राख्न नसकिएको बताइन्छ । अस्पताल प्रमुख डा. श्रेष्ठले भन्नुभयो, “औषधी बाँकी तथा सापटीमा ल्याउन नपाउने प्रावधानले पनि समस्या पारेको थियो । अब बिव्रmी भएको पैसाले औषधी थप गर्दै लैजान सजिलो भएको छ । अस्पतालमा निःशुल्क पाउने ९८ थरी औषधी प्रशस्त मात्रमा राखिएको छ ।”