• १२ साउन २०८१, शनिबार

एघार हजार नाघे डेङ्गु सङ्क्रमित

blog

हेटौँडा समाचारदाता

हेटौँडा, मङ्सिर १९ गते। बागमती प्रदेशमा डेङ्गु  सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेशका १३ जिल्लामा ११  हजार ३२८ जनामा डेङ्गु  सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा प्रदेशभरमा २८ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा तीन हजार ७६६ जनामा डेङ्गु पुष्टि भएको छ । 

काठमाडौँमा दुई हजार ९०७, ललितपुर एक हजार ३५४, मकवानपुर ७८२, चितवन एक हजार ५७३, भक्तपुर ५३०, नुवाकोट १०४, काभ्रेपलाञ्चोक १७८, रामेछाप ५०, सिन्धुली ३४, सिन्धुपाल्चोक २६, दोलखा १८ जनामा र सबैभन्दा कम रसुवामा छ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेङ्गु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई/दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक/एक जनासहित छ जनाको मृत्यु भएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो ।