• १२ मंसिर २०८१, बुधबार

एक सय जना मोतीबिन्दु रोगीको निःशुल्क शल्यक्रिया

blog

आँखाको मोतीबिन्दुको शल्यक्रियाका सहभागीहरु । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, मङ्सिर १८ गते । 
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट भेटिएका करिब एक सय जना मोती विन्दु रोगीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा विभिन्न स्थानमा भएको चार दिने निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट भेटिएका १३० मोतीबिन्दु रोगीमध्ये ६४ को निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाका सूचना अधिकारी वसन्तराज रेग्मीका अनुसार शल्यक्रिया शिविरमा ६६ जना सामेल भएनन् । छनोटमा सबभन्दा बढी झ्याकुमा ६५, जुँगुमा ३७, सुरीको गुरुम्फीमा २२ र लामाबगर जगतमा छ जना मोतीबिन्दुका रोगी भेटिएका थिए । उनीहरू सबैको आँखाको निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको थियो ।

यसरी शिविरबाट छनोट भई आएकाहरूको आइतबार र सोमबार गाउँपालिकाको सेवा केन्द्र भोर्लेमा निःशुल्क शल्यक्रिया गरिएको आयोजकले जनाएको छ ।

नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा पालिकाको मन्थली, गुरुम्फी, झयाकु र जुँगुको स्वास्थ्य चौकीमा भएको मोतीबिन्दु छनौट आँखा शिविरबाट ७०२ जनाको आँखाको परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको पालिकाका सूचना अधिकारी रेग्मीले बताउनु भयो ।

चिकित्सकहरूले आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनु, अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु र बिस्तारै नजिकको वस्तु वा कुनै वस्तु छुट्याउन गाह्रो भए मोतीबिन्दुको उपचार बेलैमा नगरेमा दृष्टिघातक रोग जलबिन्दु हुने भएकाले बैलेमा मोतीबिन्दुको उपचार गर्न सुझाव दिनु भयो ।