आयोजक हिमालयलाई फुटबल उपाधि
आयोजक हिमालय सामुदायिक क्लब ‘ए’ ले दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाँकेको खजुरा स्थित धौलागिरीमा भएको फाइनल खेलमा हिमालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई ६–१ गोलले हराउँदै उपाधि जितेको हो ।
संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’
रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ ।
वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न बाँके कांग्रेसको निर्देशन
नेपाली कांग्रेस बाँकेले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गरेको छ ।
गुल्मीमा दुई सय हेक्टर वनमा डढेलो
एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहँु त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन् ।
कार दुर्घटना हुँदा तीन घाइते, एक गम्भीर
पाल्पाको तानसेन –५ सेतीपोखरीनजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते र एकको अवस्था गम्भीर छ ।
नेपालगन्जमा ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
बाँकेको नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगन्जको आयोजना र सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु गुलरियाको सहकार्यमा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण थालिएको हो ।
नियम विपरीतका हतियार जफत हुने
जिल्ला प्रशासन कार्यालय गुल्मीले नियम विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ।
सर्प संरक्षणकर्मी भण्डारी सम्मानित
सर्प संरक्षण गर्दै आउनुभएका प्रभात भण्डारी सम्मानित हुनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनुभएको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाउनु भएको हो ।
साहित्यकार खनालको 'भाव सङ्गम' सार्वजनिक
साहित्यकार भावना खनालको ‘भाव सङ्गम’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।
चोरी डकैती नियन्त्रणका लागि ध्यानाकर्षण
बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय लगातार चोरी तथा डकैतीका घटना बढ्न थालेपछि स्थानीयमा त्रासको वातावरण देखिएको छ । दिनहुँजसो चोरी र डकैती हुन थालेपछि स्थानीयले प्रहरी, प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
पौडी खेल्ने क्रममा डुबेर एककाे मृत्यु
कपिलवस्तुमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीको नागरिक सुनुवाइ अभियान
प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नागरिक सुनुवाइ अभियान सञ्चालन गरेको छ ।
खानेपानी आयोजना अलपत्र
बाँकेको जानकी गाउँपालिका-४ गिजरामा निर्माणाधीन खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।
गुल्मीदरबारमा निःशुल्क स्वास्थ्य शिविर
गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
सरकारको स्थायित्वका लागि प्रणाली सुधार्नुपर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
रुपन्देहीमा ‘इ-ड्राइभ’ सेवा
काठमाडौँमा गत ६ महिनादेखि सेवा दिँदैआएको इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा पनि शुभारम्भ गर्ने भएको छ । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिनेगरी इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
राष्ट्र बचाउने अभियान सुरु भयो
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताउनुभएको छ।
एक लाख ३० हजार चल्ला उत्पादन
बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले यो आर्थिक वर्षमा एक लाख ३० हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।
ज्येष्ठ नागरिकलाई लठ्ठी उपहार
तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ । आफ्नो ३२ औँ स्थापना दिवस पारेर ५० जना ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको हो ।
नेपालगन्जमा क्षयरोगी पहिचान अभियान सञ्चालन
नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र लुप्त अवस्थामा रहेका क्षयरोगीको पहिचान गर्न अभियान सञ्चालन गर्ने भएको छ ।
बढ्दै वनमा डढेलो: निभाउने प्रविधि र जनशक्तिको अभाव
घोराही उपमहानगरपालिका-५ धर्नाको धारापानीमा रहेको पान्डवेश्वर सामुदायिक वनमा यही चैत २५ गते आगलागी भयो ।
डढेलो नियन्त्रणमा ‘एयर ब्लोर’को प्रयोग
डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो।