• १२ साउन २०८१, शनिबार

कार दुर्घटना हुँदा तीन घाइते, एक गम्भीर

blog

दुर्घटनामा परेको कार । तस्विरः रेखीराम राना

रेखीराम राना

तानसेन, चैत ३० गते । पाल्पाको तानसेन –५ सेतीपोखरीनजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते र एकको अवस्था गम्भीर छ ।

बुटवलबाट पाल्पा हुँदै गुल्मी जाँदैगरेको बा ११ च ६५५६ नम्बरको कार दुर्घटना हुँदा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठसहित तीन जना घाइते हुनुभएको हो । 

दुर्घटनामा परी गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मी रेसुङ्गाका रामप्रसाद पन्थी र मृगेन्द्र्रप्रसाद श्रेष्ठ रहनुभएको प्रहरीले जनाएको छ । तीन जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।