बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते
दाङमा यात्रु बहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित तुलसीपुरबाट काठमाडौ जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना६ख १४८६ नम्बरको बसले गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको लु४१प ८०९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
नैनीतालमै टुट्यो नेपाली श्रमिकको सपना
भारतको नैनीताल जिल्लाको बेतालघाटमा सोमबार राति भएको सडक दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ज्यान गुमाउने छ जना एउटै गाउँका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु भएका बाँकेका छ जना एउटै वडाका रहेको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा भएको दुर्घटनाका सन्दर्भमा बुझ्न प्रहरी टोली पठाउँदा एउटै वडाका छ जनाको मृत्यु भएको पुष्टि भयो ।”
सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ६ जना बाँकेका
सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकामध्ये छ जना बाँकेको रहेको खुलेको छ ।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै पर्व मनाउन अनुरोध
विभिन्न धर्म तथा समुदायका विभिन्न चाडपर्व सुरु हुन लागेसँगै बाँके प्रशासनले सजगता अपनाउन सुरु गरेको छ। जिल्लाको समग्र सुरक्षा अवस्था कायम बनाई राख्न प्रशासनले जिल्लास्थित विभिन्न धार्मिक गुरु तथा सुरक्षा समितिसँग छलफल तथा बैठक गरेको छ।
कोहलपुर शिक्षा शाखामा तालाबन्दी
बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी सङ्गठनले तालाबन्दी गरिएको छ।
रुपेशलाई पछि पार्दै भारतका सुधिरकुमार च्याम्पियन
कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका १९६८ रेटेड सुधिरकुमार सिन्हाले जित्नुभएको छ ।
सडकको रेलिङ काट्नेलाई कारबाही
नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न स्थानको सडकका रेलिङ आफू खुसी काट्नेलाई कारबाही गर्ने भएको छ ।
तत्काल सङ्घीय निजामती सेवा ऐन जारी गर्न जरुरी
गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले तत्काल सङ्घीय निजामती सेवा ऐन जारी गर्न जरुरी रहेको बताएका छन् ।
पशु कल्याण मापदण्ड कार्यान्वयनमा जोड
कृषि तथा भूमि व्यवस्था मन्त्रलाय लुम्बिनी प्रदेशले सोमबार नेपालगन्जका पत्रकारहरुसँग डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी मिडिया बृफिङ् तथा जानकारी कार्यक्रम गरेको छ ।
विजयनगरमा ‘सचेत परिवार परिचय पत्र’
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सामाजिक विकासका सूचक पुरा गर्न ‘सचेत परिवार परिचयपत्र’ लागु गरेको छ ।
बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।
पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने
जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ ।
नेपाल टेलिकमको सेवा सुधार गर्न सुझाव
नेपाल टेलिकमको सेवा विस्तार गर्दै सुधार गर्नुपर्नेमा तानसेनमा आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । नेपाल टेलिकमले शुक्रबार तानसेनमा आफ्नो सेवासम्बन्धी गरेको जानकारी एवं अन्तर्क्रिया कार्यक्रमका सहभागीले टेलिकमको सेवा सुधारमा ध्यान दिन सुझाव दिएका हुन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई जनताका बिचमा पु¥याउने र सुधार गर्ने उद्देश्यका साथ अघि बढेको बताउनुभयो ।
‘उज्यालो थारूगाउँ’ अभियान सुरु
रुपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारूगाउँको विकास गर्ने उद्देश्यले यो वर्ष ‘उज्यालो थारुगाउँ’ अभियान सुरु गरेको छ । नगरपालिकाले गत वर्ष पाँच वटा पुराना थारूगाउँलाई उज्यालो गाउँ बनाउने अभियान सञ्चालन गरेको हो । यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिँदै निर्माणको काम अघि बढेको छ ।
दश वर्षपछि दोस्रो तला ढलान
एक दशकदेखि अलपत्र परेको शीत भण्डार (कोल्ड स्टोर)को दोस्रो तला ढलान भएको छ । तानसेन–७, बाघखोरमा लामो समयदेखि अलपत्र बनेको कोल्ड स्टोरको १० वर्षपछि दोस्रो तला ढलान भएको हो ।
कुलोबाट लड्दा मृत्यु
गुल्मीमा खेतमा पानी लगाउने कुलोबाट लड्दा एक जनाको मृत्यु भएको छ । बाख्रा चराउने क्रममा खेतमा पानी लगाउने कुलोबाट लड्दा जिल्लाको काली गण्डकी गाउँपालिका ३ जयखानीका २१ वर्षीय अस्मिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
माटोले छाएको परम्परागत घर
सल्यान कालिमाटी गाउँपालिका २ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम(कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।
बेवारिसे एक पुरुषको मृत्यु
पाल्पामा वेवारिस अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित सिद्धार्थ राजमार्गको छेउमा सोमबार बिहान वेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
सवारी सञ्चालनको माग गर्दै ज्ञापनपत्र
नेपालगन्ज उपमहानगरपालिका–४ स्थित बसपार्कबाट सम्पूर्ण सवारीसाधन सञ्चालन हुनुपर्नेसहितका माग राख्दै बसपार्क वरिपरि विभिन्न व्यवसाय गर्ने व्यवसायीले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
अन्तर्राष्ट्रिय बुद्धिचालमा रुपेश अगाडि
नेपालका एफएम रुपेश जैसवालले बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एकल अग्रता लिनुभएको छ ।
कम्पोष्ट मल उत्पादन
तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोष्ट मलको रूपमा तयार पारेर बिक्रीका लागि बोरामा प्याकिङ समेत गरेको छ ।
वैज्ञानिक व्यवस्थापनले वनमा बढ्दो उत्पादन
वैज्ञानिक प्रणालीले वन व्यवस्थापन गर्दा सुशासनसँगै वन क्षेत्रको विकासमा टेवा पुगेको बताइएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताले वैज्ञानिक वन संवर्धन प्रणालीले काठ उत्पादन र रुख पुनरुत्पादन समेत बढ्दैभएको जनाएको हो ।
गुणस्तर र उर्वराशक्ति बढाउन माटो परीक्षण
नेपालगन्ज उपमहानगरको कृषि शाखाका अनुसार माटोको वास्तविक अवस्था नबुझेर जथाभाबी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेकाे बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण सुरु गरिएको हो ।
भारतका सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमामा निरन्तर निरीक्षण
भारतको उत्तरप्रदेश राज्यमा वैशाखमा हुने लोकसभाको निर्वाचनका लागि सीमावर्ती भारतीय जिल्लाका सुरक्षा प्रमुखहरुले सिमानाको सुरक्षा अवस्थाबारे विभिन्न नाकामा पुगेर निरन्तर निरीक्षण गरिरहेका छन् ।