गुल्मीमा विद्युतीय गाडी सञ्चालन
गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा ल्याइएको छ। एक महिनाको सफल परीक्षणपश्चात् मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मैत्री यातायात प्रालिद्वारा जिल्लामा अत्याधुनिक सेवासहितको वातावरण मैत्री दस वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो।
मुख्यमन्त्री चौधरी पदबाट राजीनामा दिनुहुँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
वैदिक सनातन धर्मको संरक्षण गर्न महायज्ञ
गुल्मीमा पहिलो पटक दलित र गैरदलित समुदायले संयुक्त रुपमा महायज्ञ लगाउने भएका छन् ।
तस्करी र अवैध आयात बढ्यो
मुस्लिम समुदायको महान् पर्व इद नजिकिँदै गर्दा बाँकेमा सीमापारिबाट भइरहेको तस्करी र अवैध आयात अत्यधिक बढेको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित परीक्षामा विद्यार्थीहरूले मर्यादा विपरीत गतिविधि गरिरहँदासमेत आफू मूकदर्शकको रूपमा रही परीक्षा निरीक्षकको न्यूनतम कर्तव्य पालनासमेत नगरी गैरजिम्मेवारी काम गरेका दुई जना परीक्षा निरीक्षकलाई निष्कासन गरिएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
तिलौराकोट गोल्ड कप फाइनलका लागि विएफसी चितवन र सुदूरपश्चिम भिड्दै
तिलौराकोट गोल्डकप अन्तर्गत फाइनल प्रवेशका लागि हनामी विएफसी चितवन र सुदूरपश्चिम भिड्ने भएका छन् ।
चिट चोराउने प्रिन्सिपल कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
हुलाकी सडकको काम अलपत्र
दाङमा हुलाकी सडक निर्माणको काम पुनः अलपत्र परेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण हुलाकी सडक अन्तर्गत वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे काम पुनः अलपत्र परेको हो । ठेक्का सम्झौताको साढे चार वर्ष पुगिसक्दा पनि सडकको काम पूरा हुन सकेको छैन । उक्त सडक कालोपत्रे गर्नका लागि ६५ करोड रुपियाँको लागतमा २०७६ साल कात्तिक २९ गते वज्रगुरु कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले सम्झौता गरेको थियो । तोकिएको समयमा काम नभएपछि २०७९ साल मङ्सिर अन्त्यतिर म्याद थपेर २०८० साल साउन १० सम्म म्याद थप गरिए पनि निर्माण व्यवसायीको ढिलाइका कारण गएको मङ्सिरदेखि पुनःकाम सुरु भएको थियो ।
अस्पताल निर्माण अवरुद्ध
निर्माण कम्पनीको लापर्बाहीले अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ । २०७७ साल चैतमै निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल सम्झौताभन्दा तीन वर्ष ढिला हुँदा पनि सम्पन्न भएको छैन । अस्पतालको भवन पूर्ण रूपमा सम्पन्न भएको छैन । निर्माण भएका संरचना पनि अस्तव्यस्त छोडिएको छ । स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो । सुरुमा निर्माण कार्यलाई तीव्रता दिए पनि अहिले स्थगित छ । सम्झौताको ५० प्रतिशतभन्दा धेरै रकम कम्पनीले लिइसकेको छ ।
कारागारमा एक कैदीको मृत्यु
नेपालगन्जस्थित बाँके कारागारका एक जना कैदीको मृत्यु भएको छ। कारागारका जेलर अर्जनजंङ्ग शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयाघातले मृत्यु भएको हो।
मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट बिर्य उत्पादन सुरु गरिएको हो ।
बाँकेमा सशस्त्र प्रहरीको सीमा पैदल गस्ती
बाँकेको भारतसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले आजदेखि सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमा पैदल गस्ती सुरु गरेको छ ।
आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
यहाँका किसान व्यावसायिकरुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यावसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन् ।
एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने
गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ ।
सामुदायिक रेडियो मदनपोखरालाई तीन लाख मुष्ठिदान
सामुदायिक रेडियो मदनपोखरा (सारेम) लाई करिब तीन लाख रुपियाँ मुष्ठिदान सहयोग प्राप्त भएको छ ।
दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते
दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ ।
चैते धान रोपाइँमा व्यस्त कृषक (फोटो फिचर)
वर्षे धानको तुलनामा उपादन क्षमता बढी हुने भएकाले कृषकले चैते धान खेतीलाई निरन्तरता दिँदै आएका छन् ।
औद्योगिक काम अघि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध
आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।
निःशुल्क रुपमा नानी प्रत्यारोपण
लुम्बिनी प्रदेश सरकारले आँखाको नानी प्रत्यारोपण निःशुल्क रूपमा सुरु गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले तुलसीपुरमा रहेको राप्ती आँखा अस्पतालमा सेवाको उद्घाटन गर्नुभएको हो ।
बजेट अभावले सिक्टा सिँचाइ आयोजनाको काम प्रभावित
बाँकेमा निर्माणाधिन बहुप्रतिक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनी ढिलाई हुँदै गएको आयोजनाले जनाएको छ ।
एसइईमा चिट चोराउने गिरोह नै सक्रिय, छ जना पक्राउ
यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
उत्पादनमा आधारित कृषि अनुदान वितरण
अर्घाखाँचीको शितगंगा नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिएपछि उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ वितरण गर्ने योजना बनाएको नगरपालिकाले हालसम्म ५० लाख रुपियाँ वितरण गरेको छ ।
लुम्बिनीमा शान्ति महोत्सव हुने
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । चैत २३ गते संवाद कार्यक्रम तथा २४ गते बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिने नेपाल पर्यटन बोर्डका मणि लामिछानेले जानकारी दिनुभएको हो ।