लुम्बिनीमा शान्ति महोत्सव हुने
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । चैत २३ गते संवाद कार्यक्रम तथा २४ गते बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिने नेपाल पर्यटन बोर्डका मणि लामिछानेले जानकारी दिनुभएको हो ।
बिहीबार विश्वासको मत लिने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने तयारीमा लाग्नुभएको छ । मङ्गलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले मुख्यमन्त्रीले विश्वासको मत ल्याउनका लागि विशेष अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय भएकाले विश्वासको मत ल्याउने तयारी रहेको जानकारी दिनुभयो ।
पाल्पामा पुस्तक बिक्री गर्नुहुँदै महावीर पुन
वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यसहित पुस्तक बिक्री अभियान लिएर डा. महावीर पुन पाल्पा आइपुग्नुभएको छ ।
आर्मीलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा
नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सुदूरपश्चिम–११ तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गच्छे-भालुवाङ्ग सडक प्रदेश राजधानी जान ४७ किमी छोटिने
राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ ।
ज्येष्ठ नागरिक दिवासेवा केन्द्र: पीडा भुलाउने चौतारी
चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तरार्द्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो-बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःख सुखका कुरा गर्ने तथा रमाउने ।
मुस्लिम महिलाका लागि सिलाइकटाई तालिम
मुस्लिम तथा मधेसी समुदायका महिलाहरू घर बाहिर निस्कन असहज मान्ने गरेको अवस्थामा बाँकेको जानकी गाउँपालिकाले उनीहरूलाई सिप सिकाएर व्यावसायिक बनाउने योजना अघि सारेको छ ।
नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने
वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताउनुभयो ।
बाटो नहुँदा चमेरे गुफा ओझेलमा
तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ ।
नागरिक सहायता कक्ष सञ्चालनमा
सेवा प्रवाहलाई सरल र सहज बनाउन ‘नागरिक सहायता कक्ष’ सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन ‘सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो ।
राजस्व सङ्कलनमा वृद्धि
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार यस वर्षको फागुनसम्ममा गत आर्थिक वर्षभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।
आन्तरिक पर्यटकको आकर्षण बन्दै रानीतलाउका माछा
नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।
गर्मीबाट जनतालाई बचाउन ‘लू’ प्रतिकार्य योजना बनाइदै
देशभरमै अत्याधिक गर्मी हुने सहरमा पर्छ नेपालगन्ज । नेपालगन्ज हरेक वर्ष गर्मीको समयमा तातो हावा 'लू'का कारण हजारौं मानिसहरु प्रभावित हुने गर्छन् ।
उखुको रस औषधीका लागि प्रयोग
जिल्लाको भूमे गाउँपालिका–९ का स्थानीयले उखु पेलेर निकालिएको रस औषधीका लागि प्रयोग गर्दै आएका छन् । स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका हुन् ।
हावाहुरीले लाखौँको क्षति
हावाहुरीका कारण पाल्पाको विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीसँगै असिनापानीले व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बालीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरीका अनुसार हावाहुरीले १५ घरमा क्षति पुगेको छ । चार वटा गोठ, चार वटा सवारीसाधनमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले हावाहुरीका कारण रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
सडक निर्माण अलपत्र सर्वसाधारणलाई सास्ती
पुथाउत्तरगङ्गा गाउँपालिकाका १४ वटै वडा जोड्ने देउखोला–नायगाड–जामाबगर सडकखण्डको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र छ । २०७५ असोजबाट देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । त्यस बेलादेखि हालसम्म सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग तीन पटक म्याद थप गरिएको छ तर पनि सडकको ट्र्याक खोल्ने काम नै अलपत्र अवस्थामा रहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को बजेटमा पिएच/शङ्कर माली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको हो । एसियाली विकास बैङ्कको ८० प्रतिशत सहुलियत ऋणमा निर्माणाधीन यस सडकमा सरकारको २० प्रतिशत लगानी रहेको छ ।
साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गुल्मी प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना
जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ ।
बाँकेमा घाँटी रेटिएको अवस्थामा श्रीमान् श्रीमती फेला
नेपालगन्ज २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।
अव्यवस्थित केबुल तार हटाउन सुरु
कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थित रूपमा रहेका केबुल तारहरू हटाउन सुरु गरिएको छ । नगरका विभिन्न स्थानमा तारहरू झुल्लिएका र लत्रिएका रहेको र पोलहरूमा रहेका तारहरू पनि अव्यवस्थित रूपमा गुजुल्टिएकाले हटाउन सुरु गरिएको हो ।
नेपाल-भारत धार्मिक महायात्राको तयारी तीव्र
नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ-देवीपाटन महायात्रा-२०८० को तयारी तीव्र छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिरसम्म हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक महायात्रालाई भव्य बनाउन दुवै देशमा तयारीलाई तीव्र बनाइएको हो ।
महावीरको आत्मकथा गुल्मीमा ११ सयभन्दा बढी बिक्री
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले गुल्मीमा ११ सयभन्दा बढी पुस्तक बिक्री गर्नुभएको छ । आफ्नै सम्झना, सपना र अविरल यात्रा समेटिएको ‘महावीर पुन’ नामक आत्मकथा पुस्तक लिएर गत बिहीबार यस जिल्लामा प्रवेश गर्नुभएका उहाँले ११ सय ५० पुस्तक बिक्री गर्नुभएको हो ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ ।