किसानले पाए उत्पादनमा आधारित अनुदान
पाल्पाका २६ वटा सहकारी संस्थाहरूले उत्पादनमा आधारित अनुदान पाएका छन् । जिल्लाको कृषि, पशु तथा उत्पादनका क्षेत्रमा काम गरेका २६ वटा सहकारी संस्थाले उत्पादनका आधारमा अनुदान पाएका हुन् ।
रेसुङ्गामा नागरिकसँग मेयर कार्यक्रम सुरु
गुल्मीको रेसुङ्गा नगरपालिकामा नागरिकका समस्या पहिचानसँगै गाउँ–गाउँमा सेवा प्रवाह गर्ने उद्देश्यसहित ‘नागरिकसँग मेयर कार्यक्रम’ को सुरु गरिएको छ ।
सबै धर्मको सम्मानले राष्ट्रिय एकता बलियो हुने
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले एक अर्काको धर्म र संस्कृतिको सम्मानले समृद्ध एवम् सवल समाज निर्माण हुनुका साथै राष्ट्रिय एकता बलियो हुने बताउनु भएको छ ।
लुम्बिनी सरकारको प्रवक्तामा पुन
लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दीपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागिय मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री पुनलाई सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
‘सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचारीको सङ्ख्या आधा घटाउनुपर्ने बताउनुभएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आइतबार विशान बुटवलमा आयोजित पत्रकार भेटघाटमा देशको ढुकुटीको अधिकांश हिस्सा सांसद र कर्मचारीको तलब सुविधामै खर्च हुने हुँदा विकासको कामले गति लिन नसकेको बताउनुभयो ।
शपथ सके लगत्तै देउखुरी पुगेर कार्यभार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । आइतबार साँझ शपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो ।
कपिलवस्तुको सामुदायिक वनमा महिला र पुरुषको शव भेटियो
जिल्लाको एक सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ। वाणगंगा नगपालिका २ को लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव भेटिएको छ।
मानव बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता यात्रा
नेपालगन्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर माइती नेपालको ३२ औं स्थापना दिवस मनाइएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्ज-अयोध्या साइकल यात्रा
नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ ।
मुख्यमन्त्री महराद्वारा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले लिनुभयो शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार चार सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
अत्याधुनिक बाल मन्दिर निर्माण हुँदै
नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो ।
फर्साटिकरलाई ‘न्यू युथ युनियन कप’ को उपाधि
‘न्यू युथ युनियन कप’ फुटबल प्रतियोगिताको उपाधि रुपन्देहीस्थित फर्साटिकर युथ क्लबले जितेको छ ।
स्वास्थ्यका लागि हाँसो शृङ्खला सञ्चालन
नेपालगन्जका स्थानीयहरु पछिल्लो समय आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुँदै स्वास्थ्यका लागि हाँसो कार्यक्रम सुरु गरेका छन् ।
साहित्यको उत्थान र संरक्षणका लागि क्रियाशील मध्यपश्चिम स्रष्टा समाज
समाजले समय समयमा विभिन्न साहित्यिक गतविधि, गजल र कविता गोष्ठिसँगै पुस्तक विमोचन र साहित्यकारहरुलाई सम्मान गर्दै आएको बाँकेका वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बताउनुभयो ।
स्वास्थ्य शिविरमा छ सयभन्दा बढीले सेवा लिए
गुल्मीको धुर्कोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा छ सयभन्दा बढीले सेवा लिएका छन् । धुर्कोट गाउँपालिकाको आयोजना एवम् चिकित्सा परिवारको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ६६० जनाले सेवा लिएका हुन् ।
सडकबत्तीको लाइन काटिँदै
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो मातहतमा रहेका छ जिल्लाका १० वितरण केन्द्रमार्फत लाइन वितरण गरिएका स्थानीय तह अन्तर्गतका महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काट्न सुरु गरेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख ई. राजीव सिंहले स्थानीय तह अन्तर्गतका विद्युत् महसुल बुझाउन बाँकी रहेका सडकबत्तीको लाइन धमाधम काट्न सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार छ जिल्लाका स्थानीय तहबाट सडकबत्ती बालेबापतको २६ करोड ९९ लाख २८ हजार ८९० रुपियाँ बक्यौता रकम उठ्न बाँकी छ ।
अङ्गुर अनुसन्धान केन्द्र अलपत्र
बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशमा रहेको अङ्गुर अनुसन्धान केन्द्र अहिले अलपत्र बनेको छ । ३० वर्षअघि जापानको जाइका नामक संस्थाले उपहारस्वरूप तत्कालीन कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेलाई सो अङ्गुर अनुसन्धान केन्द्र दिएको थियो । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका अनुसार कुनैबेला यहाँ लटरम्म फल्ने अङ्गुर खान र हेर्न टाढाटाढाबाट आउनेको घुँइचो लाग्ने गरेको थियो तर अहिले अवस्था फेरिएको छ । न यहाँ पहिले जस्तो लटरम्म अङ्गुर फल्छन् न त हेर्नै कोही आउँछन् । देशमै अङ्गुर उत्पादनलाई प्रवर्धन गर्न सक्ने क्षमता रहेको अङ्गुर अनुसन्धान केन्द्र अलपत्र अवस्थामा रहेको छ ।
अल्लोबाट आम्दानी गर्दै महिला
वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सिप सिकेपछि महिलाले लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् । अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्ने महिला हुनुहुन्छ, घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी दिलकुमारी पुन । विगत १८ वर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न पुनले विगत सात वर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक रूपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आउनुभएको छ । २०५७ मा रुकुमबाट दाङ झरेकी पुनले २०६२/६३ सालदेखि अल्लो धागोसम्बन्धी काम गर्दै आउनुभएको छ ।
एकसय ३० अनाथ बालबालिकालाई कपडा उपहार
नेपालगन्जका एकसय ३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्वका लागि कतार च्यारिटिले कपडा, जुत्ता लगायतका उपहार सामग्री प्रदान गरेको छ ।
‘युवापुस्तामा सकारात्मक भावना जागृत गर्नुछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ ।
चैते धान रोप्ने क्षेत्रफल घट्दै
ल्मीमा चैते धान रोप्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको हो।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व
गौतमबद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन् ।