डढेलो नियन्त्रणमा ‘एयर ब्लोर’को प्रयोग
डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो।
सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ
गुल्मीको सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ हुने भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका-१३ र गुल्मीदरबार गाउँपालिका-३ को सिमानास्थित भुवाने पार्क राम्चे डाँडा तथा रेसुङ्गाको काखमा एक करोड बढी लागतमा निर्माण भएको सीताराम मन्दिरमा श्रीराम कथा, हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने बताइएको छ ।
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन घाइते
जिल्लाको रामपुर नगरपालिका–६ मा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । कालीगण्डकी कोरिडोर सडक खण्डअन्तर्गत कालीआँप ट्याक्टरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन् ।
भेरी अस्पतालमा थालेसिमिया पीडित बालिकाको जटिल शल्यक्रिया
पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ-नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ ।
शान्ति र सदभावको पर्व 'इदुलफित्र' मनाइँदै
शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् ।
सैनामैनामा पुनर्भरण पोखरी बनाइने
वनजङ्गलको विनाशले जमिनमुनिको पानीको स्रोत सुक्दै गएपछि पानी पुनर्भरणका लागि पोखरी निर्माण गर्ने योजना अघि बढाइएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ को सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय बौराहा खोला किनारको सैनामैना सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनको जग्गामा पुनर्भरण पोखरी निर्माणका लागि पहिलो चरणको छलफल गरिएको छ । संस्थाका अध्यक्ष एकबहादुर क्षेत्रीले जमिनमुनिको पानीको स्रोत सुक्न नदिन यस्ता पोखरी निर्माण गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
भेरी अस्पतालबाट एक लाखले लिए सेवा
नेपालगन्जस्थित भेरी अस्पतालबाट बाँके जिल्लाका आठ पालिकाको करिब एक लाख नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । वैशाखदेखि माघसम्मको १० महिनामा यति सङ्ख्यामा नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । भेरी अस्पतालले आयोजना गरेको स्थानीय पालिकाका प्रमुख/उपप्रमुखसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. पवनजङ्ग रायमाझीले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।
सडकबत्तीको करोड रुपियाँ बक्यौता उठ्न बाँकी
दाङमा सडकबत्तीको करिब एक करोड विद्युत् बक्यौता उठ्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण घोराही र तुलसीपुर वितरण केन्द्र अन्तर्गत विभिन्न सडकमा जडान गरिएको सडकबत्तीको बक्यौता एक करोड ३८ लाख ६५ हजार ५५६ रुपियाँ उठ्न बाँकी छ । विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्र अन्तर्गत एक करोड ३५ लाख २८ हजार उठ्न बाँकी देखिएको शाखा प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ सालदेखि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा जडान गरिएका सडकबत्तीको बक्यौता रकम उठ्न सकेको छैन । लामो समयसम्म विद्युत् बक्यौता नउठेपछि केही महिनाअघि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसँग भेटेर समस्या समाधानबारे छलफल भएको थियो । तर पनि समस्या समाधान नभएकाले दुई स्थानको लाइन काटिएको उहाँले बताउनुभयो ।
नेपालगन्जमा इदको तयारी
बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा मुस्लिम समुदायको महान् पर्व इद मनाउने सबै तयारी पूरा गरिएको छ। यस वर्षको इदुल फित्र पर्व बिहीबार परेकोले सबै तयारी बुधबार नै पुरा गरिएको इदगाह सञ्चालक समितिले जनाएको छ।
मकै बारीमा सालनालसहितको शिशु भेटियो
बाँकेको राप्ती सोनारी गाउँपालिकामा सालनालसहितको नवजात शिशु भेटिएको छ । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
सत्यवतीमा भेटियो दुर्लभ'किङ कोब्रा'
गुल्मीमा दुर्लभ मानिने ‘किङ कोब्रा’ प्रजातिको सर्प फेला परेको छ । यस जिल्लाको सत्यवती गाउँपालिका-६ जोहाङको एक किराना पसलमा उक्त प्रजातिको सर्प भेटिएको कालीगण्डकी चन्द्रकोट सबडिभिजन वन कार्यालय सोताका वन रक्षक नारायण थारुले जानकारी दिनुभयो ।
दश करोड बढीको अवैध सामान बरामद
बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।
हत्याको दश दिनपछि आफन्तले बुझे शव
नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव दश दिनपछि आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् ।
धुलाम्य सडकको स्तरोन्नति सुरु
। बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने डाइभर्सन गरिएको सडकको स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ।
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी
घोराही उपमहानगरपालिका-१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुसीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुसीरामले वि.सं.२०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो ।
कार दुर्घटनामा परेको बालकको मृत्यु
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा कार दुर्घटनामा घाइते एक जना बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गर्नुभयो ।
शोकले व्याकुल बनेको छ बाँकेको टिटिहिरिया
भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको निधनले सम्पूर्ण वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताउनुभयो ।
ट्याक्सी दुर्घटनामा सात जना घाइते
जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ । जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
इमरजेन्सी बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण
गोरखाको भीमसेन थापा गाउँपालिका – ५ बगुवामा इमरजेन्सी बिरामीको तत्काल उद्धार गर्न हेलिप्याड निर्माण सम्पन्न भएको छ ।
नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।
चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् ।
गुल्मीमा घरगोठमा आगलागी
गुल्मीको रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा आगलागीबाट घरगोठ जलेको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर– १० का ६२ वर्षीय नमकला बलालको दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना पक्राउ
नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ९ बिर्दिका ३२ वर्षीय सेर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।