• १२ साउन २०८१, शनिबार

ट्याक्सी दुर्घटनामा सात जना घाइते

blog

प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदैको ट्याक्सी दुर्घटना । तस्बिर :गणेश खनाल

गणेश खनाल
अर्घाखाँची, चैत २८ गते ।
जिल्लाको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको छ । जिल्लाको प्रसिद्ध सुपा देउराली दर्शन गरी पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाFडाको ओरालोमा दुर्घटना हुदाँ दुई बालबालिकासहित सात जना घाइते भएका छन् । गाडी सडकबाट अन्दाजी  दुई सय मिटर तल खसेको थियो ।

घाइतेको जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिनुभयो ।