• २५ वैशाख २०८१, मङ्गलबार

नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना पक्राउ

blog

बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–९ बिर्दिका ३२ वर्षीय सेर बहादुर गुरुङ । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, चैत २८ गते ।
नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–९ बिर्दिका ३२ वर्षीय सेर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार गत  सोमबार बेुलका ५ बजेको समयमा १४ वर्षीय नाबालिकालाई एक्लै बाटोमा हिँडिरहेको अवस्थामा पछाडीबाट जबरजस्ती समाती आफ्नो घरभित्र लगि जबरजस्ती बलात्कार गरेको आरोपमा पप्डित नाबालिकाको आफन्तको जाहेरी दरखस्त आधारमा बलात्कारी आरोपी सेर बहादुर गुरुङलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै बलात्कारी आरोपी गुरुङलाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मङ्गलबार मुद्दा दत्र्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।