• १६ असार २०८२, सोमबार

ट्याक्टर दुर्घटनामा विद्यार्थी घाइते

blog

दुर्घटनामा घाइते विद्यार्थीको अस्पतालमा उपचार गराइँदै ।

लीलाधर वली

घोराही, असार १५ गते । दाङमा भएको ट्याक्टर दुर्घटनामा तीन जना विद्यार्थी घाइते भएका छन् । बंगलाचुली गाउँपालिका –६ रिभानमा भएको ट्याक्टर दुर्घटनामा सुधा मावि झेल्नेटामा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् । 

घाइते हुनेमा बंगलाचुली गाउँपालिका –६ रिभान निवासी १५ बर्षीया आयुषा विक, सोही ठाउँ निवासी १५ वर्षीय पुनम महरा र १४ बर्षीय नविन महरा रहेका छन् । घाइतेमध्ये पुनम महराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । 

गम्भीर घाइतेलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराहीस्थी अस्प्ताल रिफर गरिएको छ । बाँकी दुई जनाको बंगलाचुली अस्पतालमा उपचार भइरहेको छ । 

घोराहीदेखि खानेपानीको पाइप र वालुवा लिएर बंगलाचुली –६ रिभानतर्फ जाँदै गरेको लु ४ त ९५१७ नम्वरको ट्याक्टर अनियन्त्रित भएर करिव ५ बजेतिर दुर्घटना परेको थियो । विद्यालयको पढाइ सकेर घर फर्किदै गर्दा ट्याक्टरमा चढेका विद्यार्थी दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेको ट्याक्टर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।