• १६ असार २०८२, सोमबार

चट्याङ पर्दा खेतमा धान रोपिरहेकी महिलाको मृत्यु

blog

गजेन्द्र गुरुङ

खजुरा, असार १५ गते । बाँकेमा आइतबार धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा आइतबार दिउँसो धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको र दुई जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ दाङकी ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको जानकारी दिनुभयो ।

मृतक सीता राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित माइती घरमा धान रोप्नका लागि आएको प्रहरीले जनाएको छ ।

चट्याङमा परी मृतक सीतासहित २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि स्थानीय राप्ती सोनारी अस्पतालमा पु¥याइएको थियो । 

सीताको उपचारकै क्रममा उक्त अस्पतालमा मृत्यु भएको थियो भने अन्य दुई जना घाइतेलाई थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।