आगलागी हुँदा १५ बिघाको गहुँबाली जलेर नष्ट
बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागीबाट १५ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । एक्कासि खेतमा आगलागी हुँदा ११ जना किसानको १५ बिघामा लगाइएको गहुँबाली नष्ट भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।
स्काई साइक्लिङप्रति पर्यटकको आकर्षण बढ्दो
बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा गत वर्षदेखि सुरु भएको साहसिक खेल मानिने स्काई साइक्लिङप्रति पर्यटकहरूको आकर्षण बढेको छ।
रुरुक्षेत्रमा गुनासो सुनुवाइ प्रणाली सञ्चालन
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको छ । यस गाउँपालिका प्रति नागरिकको चासो र उनीहरुको प्रतिक्रियालाई सहज बनाउनका लागि नागरिकको गुनासो सुनुवाइ प्रणाली सञ्चालनमा ल्याइएको हो ।
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी गरिएको छ ।
२५ वर्षपछि पुनः सञ्चालनमा आयो सरस्वती सङ्गितालय
बाँकेका एक जना वरिष्ठ कलाकारको सहयोगले २५ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालगन्जको सरस्वती सङ्गितालय पुनः सञ्चालनमा आएको छ।
ई–रिक्सा चालक परिचयपत्र वितरण सुरु
नेपालगन्जको एक समस्याको रूपमा देखिएको ई–रिक्सा व्यवस्थापनको कामलाई चुस्त बनाउन नेपालगन्ज उपमहानगरपालिकाले सुरु गरेको छ ।
हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला
यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।
प्रादेशिक अस्पताल विस्तार हुने
एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय शय्यामा विस्तार गर्ने योजना अनुसार सुविधासम्पन्न १२ तले भवन निर्माणको काम सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशकै ठुलो अत्याधुनिक एक हजार दुई सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउन गुरुयोजना बनाएको करिब तीन वर्ष ठेक्का विवादका कारण काम अघि बढ्न सकेको थिएन ।
भैरहवा सेजमा थप चार उद्योग
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा थप चार उद्योग सञ्चालनको तयारीमा छन् । सेज अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन तर उद्योगीले सरकारी आश्वासनका कारण उद्योग स्थापना गर्ने क्रमलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सेजमा सञ्चालनको तयारीमा रहेका उद्योगमा इको नेपाल इनर्जी प्रालि, आरसी इन्डस्ट्रिज प्रालि, स्पट इलेक्ट्रिक र हिमालयन ग्रेनाइट प्रालि छन् ।
प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी
पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो । आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन पालिकाको लगानीमा प्राङ्गारिक मल उत्पादन कारखाना सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।
गोरखापत्रकर्मी कमल खत्री सम्मानित
आयुर्वेद सेवाको प्रचार प्रसारमा योगदान गरेको भन्दै गोरखापत्रकर्मी कमल खत्री सम्मानित हुनुभएको छ। खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले खत्रीलाई सम्मान गर्नुभएको हो।
स्ट्रबेरी खेतीमा प्रेम नेपाली
गुल्मीको रेसुङ्गा नगरपालिका–६, सिमाघाटका प्रेम नेपालीले व्यावसायिक रुपमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ। अघिल्लो वर्ष परीक्षणको रुपमा स्ट्रबेरी खेती गर्नुभएका उहाँले बजार राम्रो पाएको हुँदा यो वर्षदेखि व्यवसायिक रुपमा नै स्ट्रबेरी खेती गरेको बताउनुभयो।
कैलाश मानसरोवर जाने पर्यटक नेपालगन्ज पुग्ने क्रम बढ्यो
नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउनेक्रम बढेको छ ।
सजाय छुटको कानुनी व्यवस्थाको कार्यान्वयन गर्न बालबन्दीको माग
डुडुवा गाउँपालिाका ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दी (बालबिज्याइँकर्ता)हरुले सजाय छुटको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
२३ किलो चरेशसहित एक पक्राउ
शस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ स्थायी वतन भएका वर्ष ३४ का बम बहादुर पुन रहेका छन् ।
पाँच वर्षमा पनि बनेन कट्नु खोलाको पुल
मोरङकोे रतुवामाई नगरपालिका ५ र ६ को बिचमा पर्ने कट्नु खोलामा निर्माणाधीन पुलको निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले विगत ६ वर्ष देखि सास्ती व्यहोर्दै आएका छन् ।
बौदीकालीलाई अन्तरपालिका स्तरीय भलिबल उपाधि
जिल्लाको निस्दी गाउँपालिकामा भएको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जित्न सफल भएको छ ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा बढाईंदै
नेपालगन्ज उपमहानगरपालिकाले धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ ।
खुला दिसा गर्ने १६ जना प्रहरी नियन्त्रणमा
कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जयेन्दु बाल सुधारगृहका बालबन्दीमा छालारोगको समस्या, औषधि नपाएको गुनासो
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या देखिएको छ । उनीहरूले उपचारका लागि औषधि नपाएको गुनासो गरेका छन् ।
श्रमको मूल्य नपाउँदा युवा बिदेसिए
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले नेपालमा श्रमको मूल्य सस्तो भएकाले युवा बिदेसिन बाध्य भएको बताउनुभएको छ । श्रमको मूल्य उच्च बनाउन सके युवालाई स्वदेशमै काममा लगाउन सकिने दाबी पनि उहाँले गर्नुभयो । मालारानी गाउँपालिकाको बाँगीस्थित शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री महराले भन्नुभयो, “श्रमको मूल्य उच्च बनाउने अठोटका साथ अगाडि बढौँ सबै युवा विदेशबाट फर्किने छन् । विदेशी पनि रोजगारीका लागि नेपाल आउने छन् ।” मुख्यमन्त्री महराले उत्पादन प्रणाली र जीवनशैली फेरिएकाले बसाइँसराइ वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा श्रमको मूल्य पनि छैन सम्मान पनि हुँदैन । आफ्नो श्रम महँगोमा बेच्न युवा विदेश जान बाध्य भएका हुन् ।”
कृषि आधुनिकीकरण परियोजनाले उत्पादन बढ्यो
बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गर्दा किसानको उत्पादन बढ्दै गएको पाइएको छ ।परियोजना प्रभावकारी बन्दै गएपछि किसानको उत्पादन र आम्दानी दुवै बढ्दै गएको हो । परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँपालिकालगायतका पालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवनस्तरमा सुधार आएको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकका अनुसार उक्त कार्यक्रमबाट तरकारी खेती गरेका किसान क्रमशः आत्मनिर्भर बन्न थालेका छन् । सो परियोजनामार्फत किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेको तरकारी तथा फलफूलको माग बाँके जिल्लामै उच्च रहेको पाइएको छ ।
आगो निभाउने क्रममा एकको मृत्यु
गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका– १ पौदीको जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कानुन कार्यान्वयन प्रभावकारी नहुँदा जनतामा निराशा : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रभावकारी रूपमा कानुन कार्यान्वयन हुन नसक्दा राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताउनुभएको छ ।